२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तलव भत्ता नपाएपछि अस्पतालका कर्मचारी आन्दोलित

२०७७, १३ आश्विन मंगलवार ०४:५१

असोज १३, काठमाडौं । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) द्वारा सञ्चालित मनमोहन मेमोरियल सामुदायिक अस्पताल, ठमेलमा कार्यरत कर्मचारीहरु विगत लामो समयदेखि तलव भत्ता, सञ्चयकोष लगायतको रकम नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । यस विषयमा पटक पटक व्यवस्थापनको ध्यानाकर्षण गराउँदा समेत माग सुनुवाई नभएको भन्दै कर्मचारीहरु रिले अनसनमा बसेका हुन् । अनसन असोज ११ गते बेलुकी ४ बजे सुरु भएको हो ।

संयुक्त संघर्ष समितिका तर्फबाट प्रकाश गुरुङ्गले एक विज्ञप्ती जारी गर्दै असोज १० गते अस्पतालमा कार्यरत केहि स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूले गरेको कामको ज्याला माग गर्दा अस्पतालमा भएका विरामीलाई अस्पतालका निर्देशक डा. जीवनेश्वर लाल झाले फोन मार्फत रिफर गर्न निर्देशन दिएको जनाएका छन् । कर्मचारीले आफ्ना अधिकारको कुरा गर्दा कहिले अस्पताल बन्द गर्ने, कहिले अस्पताल सार्ने तथा कहिले विरामी रिफर गर्ने धम्की दिने गरेको भन्दै संस्थाको स्थायित्व र आफ्नो अधिकारको लागि रिले अनसन सुरु गरेको संघर्ष समितले जनाएको छ ।


सो अस्पतालमा सुरु भएको रिले अनसनमा मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा कर्मचारीको नेतृत्व गर्दै आएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले ऐक्यवद्धता जनाउँदै परिआएको खण्डमा आन्दोलनको नेतृत्व समेत गर्ने प्रतिबद्धता जनाएकोे विज्ञप्तीमा जनाइएको छ ।

यस अगाडी समस्या समाधानका निमित्त पटक–पटक अस्पताल व्यवस्थापन, नेको नेपाल व्यवस्थापन, अस्पताल प्रशासन तथा यूनियन प्रतिनिधिबीच भएको छलफलमा हरेक पटक समस्या सुनाउने र आश्वासन बटुल्ने बाहेक केहि नभएको कर्मचारीहरुले जनाएका छन् । कर्मचारीहरुले यो असहज परिस्थितीमा पनि कर्मचारीको तर्फबाट दिनुपर्ने सम्पूर्ण सेवा खुल्ला रहेको जानकारी दिंदै सेवाग्राहीको स्वास्थ्य सेवा पाउनु पर्ने नैसर्गिक अधिकारको सम्मान गर्दै र आफ्नो कर्तव्य पुरा गर्दै आ–आफ्नो डयुटि रोष्टर अनुसार सेवा दिइरहेको जानकारी गराएका छन् । समस्याको समाधान नभएसम्म अनसन जारी रहने संघर्ष समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो