२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना अपडेटः भाइरसबाट उच्च सङ्क्रमण रहेको दश देश यी हुन्

२५ आश्विन २०७७, आईतवार ११:४३

असोेज २५,  (रासस/एएफपी) । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख  ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ ।
पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ ।
कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ५३ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ । 
कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ । 
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार  ४५४ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।
कोलम्बियामा ९ लाख २ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ६६० जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ८ लाख ८३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार ५८१ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४६ हजार ८८ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार २२३ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ८ लाख १४ हजार ३२८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ६४२ जनाको मृत्यु भएको छ ।फ्रान्समा ७ लाख १८ हजार ८७३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६३७ जनाको मृत्यु भएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ७७ हजार ६३० जना पुगेको छ ।  यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७४ लाख ७८ हजार पुगेको छ  ।
कूल सङ्क्रमितमध्ये दुई करोड ८१ लाख १८ हजार भन्दा बढी हजार निको छन् भने करिब ८२ लाख ८२ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की