मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

साझासवाल

माघ १, क्वालालमपुर (रासस/सिन्ह्वा) । मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको उनीहरुले जनाएका छन् ।

मलेसियामा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार ८५५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहद्वारा जारी प्रेस वक्तव्यमा एकैदिनमा सङ्क्रमितमध्ये तीन हजार ३३० जना स्वदेश भित्रै एक अर्कामा सरेर सङ्क्रमित भएको उल्लेख गरिएको छ ।

उहाँले कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये १५ जनाको मृत्यु भएको पनि जानकारी दिनुभयो । योसँगै मलेसियामा कोरोनाबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ ।

मलेसियामा अहिलेपनि ३३ हजार ९८९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

Leave a Comment

Leave a Reply