२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हाम्रो डक्टर एप्स’मार्फत कोरोना परामर्श सेवा

२०७८, ३० बैशाख बिहीबार ०९:२३

वैशाख  ३०, काठमाडौँ (रासस)। हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो ।

एप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उद्धवराज भेटुवालले गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेशनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कन्सल्टेशनमा प्रयोगकर्ताले बिनाशुल्क चिकित्सकसँग परामर्श गर्नसक्ने बताउनुभयो । “एकपटक शुरु गरेपछि एक हप्तासम्म प्रयोगकर्ताले चिकित्सकसँग परामर्श लिन, आफ्ना रिपोर्ट पठाउन र निगरानीमा रहन सक्नेछन्”, उहाँले भन्नुभयो ।

त्यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र मानिसलाई लक्ष्य गरेर डाइरेक्ट हटलाइन सेवा पनि शुरु गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरका तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

उक्त नम्बरमा फोन गरेर डक्टरसँग परामर्श लिन सकिने सिइओ भेटुवालले बताउनुभयो । सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टर एप्सबाट चिकित्सक, अस्पताल, एम्बुलेन्सलगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकसँग अनलाइन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिदलगायत सेवा लिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा