कोरोनामुक्त हुने बढे

साझासवाल

जेठ ८, काठमाडौं । कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको  सङ्ख्यामा  भने  सुधार  हुँदै  गएको  छ  ।  गएको २४ घण्टामा थप आठ हजार ६०७ जनामा कोरोना भाइरस  सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८९० रहेको छ । एक दिनअघि  बिहीबार छ हजार ५४३ जना सङ्क्रमित निको भएका थिए ।

स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  २२  हजार  ३५३  जनाको  पीसीआर  परीक्षण गर्दा आठ हजार ४०७ जना र ८७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई सय जना गरी कुल आठ हजार ६०७ जना सङ्क्रमित शुक्रबार थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितहरुसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या  चार  लाख  ९७  हजार  ५२  पुगेको  छ  भने तीन लाख ७४ हजार ८३६ जना सङ्क्रमित निको भइसकेका छन् । शुक्रबार कोरोना निको हुने सङ्ख्या सात हजार ८९० रहेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Comment

Leave a Reply