जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने

साझासवाल

जेठ ८, काठमाडौं । कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ ।

राष्टपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ ।

राजपत्रमा प्रकाशित अध्यादेश संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

कोभिड १९ स्वास्थ्य आपतकाल घोषणा गर्दा अपनाइने कार्य व्याख्या गरेको छ । जसमा स्वास्थ्य संस्थालाई संक्रमित निदान र उपचार गर्न लगाउने, आवश्यकताअनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने उल्लेख छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

Leave a Comment

Leave a Reply