साउन १८, आङ्करा (रासस/सिन्ह्वा) । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै टर्कीमा अहिलेसम्म ५७ लाख ४७ हजार ९३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा टर्कीमा ९६ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको सङ्ख्या ५१ हजार ४२८ पुगेको छ ।

टर्कीमा कोरोना भाइरसबाट सङ्क्रमित भएरपनि एक दिनमा पाँच हजार ५३९ जना सङ्क्रमणमुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५१ हजार २२४ जनाको कोरोना परीक्षण गरिएको छ ।

टर्कीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहेको भए पनि महामारी पनि फैलिइरहेको छ ।

गत जनवरी १ मै चिनियाँ खोप सिनोभ्याक्स लगाउन टर्की सरकारले अनुमति दिएको थियो ।

चार करोड १० लाखभन्दा बढीलाई पहिलो चरणको खोप लगाइसकिएको छ । तीमध्ये दुई करोड ७० लाखले दुवै खोप लगाएका छन् ।

टर्कीमा एकै दिनमा झण्डै २१ हजार सङ्क्रमित
Leave a Comment