२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा मृत्यु हुनेको संख्या घट्न सकेन, एकै दिन एक हजार २११ को मृत्यु

२०७८, २७ श्रावण बुधबार ०९:४९

साउन २७, साओ पाओलो (रासस/सिन्ह्वा) । ब्राजिलमा कोभिड–१९बाट हुने मृत्यु अझै घट्न नसकेको यहाँका अधिकारीले जनाएका छन् ।

यहाँका अधिकारीकाअनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टाभित्र यहाँ कोभिडबाट एक हजारभन्दा बढीको ज्यान गएको छ ।

कोभिड–१९बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार २११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या पाँच लाख ६४ हजार ७७३ पुगेको छ ।

यहाँका अधिकारीले मंगलबार यसअघिका दिनको तुलनामा धेरै नागरिकको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको बताएका छन् ।

त्यसैगरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ३५ हजार रहेको छ ।

यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको संख्या दुई करोडभन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा केही महिनाअघि कोभिड–१९का सङ्क्रमित घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।

सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्राजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाख जना सङ्क्रमितमा करिब २६० जनाको निधन भएको तथ्याङ्कले देखाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ