बागलुङ : वडासदस्य छन्त्यालको निधन

साझासवाल

साउन  २७, बागलुङ (रासस) । ताराखोला गाउँपालिका–१ का वडा सदस्य खमबहादुर छन्त्यालको निधन भएको छ । ५० वर्षीय छन्त्यालको मुटु र कलेजोको समस्या थियो ।

पोखरास्थित मणिपाल अस्पतालमा उपचारपछि छन्त्याललाई केही दिनअघि मात्र घरमा ल्याइएको थियो ।

घरमै रहेका बेला गए राति एक्कासि उहाँको निधन भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।

गाउँपालिकाले विकासप्रेमी र जनताको सच्चा सेवक जनप्रतिनिधिलाई गुमाउनु परेको अध्यक्ष घर्तीको भनाइ छ ।

छन्त्याल गत स्थानीय तहको चुनावमा खुला सदस्यतर्फ भारी मतले विजयी हुनुभएको थियो । दिवङ्गत छन्त्यालका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

Leave a Comment

Leave a Reply