मानव बेचबिखनमा नियन्त्रणमा चुनौती

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

पुस १४, काठमाडौँ | रासस | मानव बेचबिखन तथा ओसारपसारका आयाम तथा स्वरुप फेरिएकाले नियन्त्रणमा चुनौती थपिएको जनाइएको छ । वैदेशिक रोजगार, होटल, रेष्टुराँ, बारमा काममा लगाउने नाममा नक्कली विवाह गर्नेजस्ता कार्यले यसको नियन्त्रणका लागि समस्या थपिएको हो  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान कार्यक्रममा सरोकारवालाले मानव बेचबिखन नियन्त्रणका लागि तीन तहका सरकारको समन्वय र सहकार्यमा नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभएको थियो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले मानव बेचबिखन सामूहिक प्रयत्नको खाँचो औल्याउँनुभयो ।  मन्त्रालयका सहसचिव रोशनीकुमारी श्रेष्ठले लागुऔषधको कारोबारपछि दोस्रो ठूलो अपराधका रुपमा मानव बेचबिखन देखिएको बताउनुभयो ।  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा लुम्बिनी प्रदेश सरकारका नीति कार्यक्रमबारे जानकारी गराउँदै कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले सरकारको प्रयासले मात्रै मानव बेचबिखन नियन्त्रण सम्भव नरहेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

बुटवल उपमहानगरपालिका, सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्यालले समाजमा हुने हिंसा, विभेद र मानव बेचबिखन नियन्त्रणका लागि नगरमा टोल निगरानी समिति बनाएर निगरानी बढाएको र सोहीअनुसार कार्यक्रमसमेत बनाएर कार्यान्वयन गरिएको बताउनुभयो । कार्यक्रममा अधिकारकर्मी रिमा बिसी, सावित्रा घिमिरे, उषा गुरुङ, पत्रकार अस्मिना पाण्डेलगायतले घरेलु हिंसा र दुव्र्यवहारका  कारण पनि महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको बताउनुभयो ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply