गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौँ–सुर्खेत उडान

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>पुस १७, काठमाडौँ | </b>निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिनुभयो ।&nbsp;<br></p><p>काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौैँ–सुर्खेतका लागि रु आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने जनाएको छ । प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताउनुभयो । बुद्ध एयरले भने दैनिक बिहान ७ः२० बजे काठमाडौँबाट उडान भर्दै आएको छ ।&nbsp;</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply