पुस २२, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पश्चिमी भेगमा आज बिहानदेखि वर्षा र हिमपात हुने क्रम सुरु भएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको जनाइएको छ। बाग्मती प्रदेशमा पनि सामान्य बदली रहेको र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहेको पनि विभागको भनाइ छ ।

विभागका अनुसार आजराति देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी तथा तराइका केही क्षेत्रमा हल्का वर्षा हुने छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ। वर्षा र हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न तथा सुरक्षित र सतर्क रहन विभागले आग्रह गरेको छ।

देशको पश्चिमी भेगमा भारी वर्षा र हिमपात
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment