कमल बिक्रम जिसी, पुस २३, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पुनः अर्को न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको छ। अहिले रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबारदेखि पश्चिम नेपालबाट अर्को न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको जनाएको छ।

नयाँ प्रणालीको प्रभावले शनिबार र आइतबार देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेश मा सामान्यदेखि पूर्ण बदली तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाद्वारा जारी विशेष मौसम जानकारीमा उल्लेख छ।

प्रणालीको प्रभावले आइतबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना छ

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।सोमबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ। मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिनसमेत महाशाखाले आगह गरेको छ।

मौसम पूर्वानुमान : चार दिनसम्म भारी हिमपात र वर्षा
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment