<p><span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0);">पुस २३,काठमाडौँ । यसवर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारी अभियन्ता केशव बडाललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि सम्मानपत्र सहित रु ५० हजार छ । </span><br></p><p>सो सहकारी संस्था लिमिटेडको ३७औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ तथा राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्राकुमारी सुब्बाले संयुक्त रुपमा उहाँलाई सो पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा मन्त्री श्रेष्ठले सहकारीमा भएका नीतिगत, व्यावहारिक तथा कानुनी समस्यालाई फुकाउन आफूले लागिपर्ने बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेले पुरस्कृत व्यक्तित्व सहकारीका कुशल प्रशिक्षक रहेको बताउनुभयो ।</p>
कमलमणि स्मृति साझा पुरस्कार सहकारी अभियन्ता बडाललाई
Leave a Comment

