देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक सभा सम्पन्न

साझासवाल
2 Min Read

finance news

असोज-२३ काठमाडौँ । देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा आज
सतुंगल पार्टि प्यालेस, सतुगंलमा यसको वार्षिक प्रतिवेदन सर्वजनिक गरी सम्पन्न भएको छ।

सहकारी ऐन २०४८ अनुसार वि.सं. २०६५ सालमा स्थापित देव दर्शन बचत तथा ऋण सहकारी
संस्थाले निरन्तर रुपमा सहकारिताको क्षेत्रमा कार्य गर्दै आएको छ। आाफ्नो स्थापना कालको सातौँ वर्षमा
प्रवेश गरेको उपलक्ष्यमा यसले साधारण सभाको आयोजना गरेको हो। करिब ८ सय सेयर धनीहरुको संलग्नता रहेको
कार्यक्रममा देव दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम नारायण घिमिरेले अयब्ययको बारेमा विवरण
प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार सहकारीको आर्थिक वर्ष ७१/०७२ कुल अम्दानी ४ करोड १० लाख ४६ हजार
३ सय १९ रुपैँया ४६ पैसा रहेको छ भने कुल खर्च ३ करोड ८१ लाख ९५ हजार नौ सय रुपैयाँ ४४ पैसा रहेको छ ।
साथै संस्थाले २८ लाख ५० हजार ४ सय १९ रुपैँया २ पैसा मुनाफा आर्जन गरेको छ। संस्थाको शेयर पुँजी भने
जम्मा १ करोड ५४ लाख ८४ हजार ८ सय रहेको छ। यसै गरी संस्थाका ब्यवस्थापन समितिका वरिष्ठ सहायक पेशल
खतिवडाले संथाको ब्यवस्थापकिय पक्षहरु प्रकाश पार्नु भएको थियो ।

finance news 2

कार्यक्रममा सुचना तथा संचार मन्त्रालयका उपसचिव कृष्ण खनाल, डा. चन्द्र बहादुर
अधिकारी तथा डा. दैनिक बहादुर कार्की लगायत अन्य अतिथिहरुको पनि संलग्नता रहेको थियो। कार्यक्रममा
सहकारिका उत्कृष्ट कर्मचारीहरु नवीना श्रेष्ठ र सानु के.सी.लाई पनि सम्मान गरिएको थियो । साथै
एस.एल.सीमा उत्कृष्ट अंक ल्याउन सफल सेयर होल्डर सदस्य ग्रिष्मा थापामगरलाई पनि कार्यक्रममा सम्मान
गरिएको थियो ।

Leave a Comment

Leave a Reply