दिनभर मौसम बदली, चट्याङ्गसहित भारी वर्षाको सम्भावना

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

माघ ९, काठमाडौँ | जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार(आज) देशभर मौसम सामान्यदेखि पूर्ण बदली हुने बताएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आज  लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।  कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । बांकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

सुदुरपश्चिम, कर्णाली र मधेसका  प्रदेशका भू–भागमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यसका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply