ललिता निवास जग्गा प्रकरण – शोभकान्तको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

साझासवाल
2 Min Read

जेठ २६, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

मुद्दाको पेसी न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको पूर्ण इजलासमा तोकिएको थियो ।

यसअघि २९ वैशाखमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई,  प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको थियो । तर, त्यसबेला मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखियो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश भट्टराईको संयुक्त इजलासले २४ वैशाखमा रायबाझी हुने आदेश दिएको थियो ।

सोही कारण मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

थुनामा रहेका ढकाल ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाममा पारेको प्रकरणमा मुछिएका मुख्य आरोपी हुन् । उनी र अर्का आरोपी रामकुमार सुवेदीले मुख्य विचौलियाको भूमिका निभाएको पनि अख्तियारले जनाएको छ ।

अख्तियारले दायर गरेको मुद्दामा ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेको उल्लेख छ ।

यस्तो छ, २४ वैशाखमा खतिवडा र भट्टराईको राय

विशेष अदालतको निर्णयविरुद्ध ढकाल ११ चैत २०७७ मा निवेदन लिएर सर्वोच्च अदालत गए ।   २४ वैशाख २०७८ मा खतिवडा र भट्टराईको इजलासबाट राय बाझिएको आदेश भयो ।

इजलासमा राय बाझिएकै कारण ढकाल पुर्पक्षका लागि थुनामा छन् । इजलासबाट न्यायाधीश खतिवडाले तीन करोड धरौटी माग गर्ने आदेश गरेका थिए ।

अर्का न्यायाधीश भट्टराईले भने थुनामा पठाउने विशेषको आदेश सदर गर्ने निर्णय सुनाएका थिए । इजलासमा रहेका दुई न्यायाधीश बीचमा राय बाझिएकै कारण ढकालको निवेदनको सुनुवाइ पूर्ण इजलासमा पुगेको हो ।

विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन २८ माघ २०७७ मा आदेश दिएको थियो ।

Leave a Comment

Leave a Reply