काठमाडौँको फोहोर धानेको सिसडोलमा रंगशाला बनाउँने सोचमा मेयर बालेन शाह,नेम्बाङसँग गरे छलफल

साझासवाल

असार ५, काठमाडौं | सिसडोलमा रंगशाला बनाउनेलगायतका विषयमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङले छलफल गरेका छन् ।

महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्ने उदेश्यले बालेनले यस्तो छलफल सुरु गरेको बताएका छन् ।

बालेनले छलफलपछि भने ‘हामी सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौ भन्दा १२ किलोमिटर मात्र टादा छ अहिलेको फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौं ।’

मेयर बालेनका अनुसार टुँडिखेल लगायत महानगरका अन्य पार्क र मैदानमा राती खेल्नमिल्ने गरी फ्लडलाइट जडान गर्ने विषयमा पनि छलफल भइरहेको छ ।

महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौं । सुशासन, आर्थिक पारदिर्शता, विकेन्द्रकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौं । यही सिस्टम बसाल्नकै लागि एन्फामा नेतृत्वको लागि चुनावी मैदानमा आएको नेता नेम्बाङले बताए ।

Leave a Comment

Leave a Reply