<p><b>असार ९, सप्तरी |</b> सप्तरीमा बिहीबार भएकाे बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना५ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ६० बर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको काफ्लेको भनाइ छ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/0060758b057bbf7a55ef1db4413ea6771655971299.jpg" style="width: 707px;"><br></p><p>घाइते ११ जनामध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।यात्रुबाहक बस अनियन्त्रित भइ सडकभन्दा २० फिट तल खसेकाे प्रहरीकाे भनाइ छ ।</p>
सप्तरीको बस दुर्घटनामा एक जनाको मृत्यु, ११ जना घाइते
Leave a Comment

