2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्द्रजात्राको ऐतिहासिक महत्त्व

भदौ २४, काठमाडौँ | काठमाडौँमा येँयाः अर्थात् इन्द्रजात्रा यंलाथ्व (भाद्र शुक्ल) द्वादशीदेखि आश्विन कृष्ण चतुर्थी आठ दिनसम्म मनाइने नेवाः समुदायको विशेष पहिचान बोकेको पर्व हो। 

इन्द्रजात्रामा नेवार समुदायले आआफ्ना घरमा समयबजि खाने र टोलछिमेकमा पनि समेबजि बाँड्ने चलन छ। नेवाः समुदायको बस्तीमा विशेष गरेर गणेशको मन्दिरअगाडि कलात्मक रूपले समेबजि, मिठाई र फलफूल सजाएर प्रदर्शन  गरिन्छ।

यो पर्वमा विशेषगरी गणेश र इन्द्र देवताको पूजा गरेर भजन कृतन गरिन्छ। भैरव र कुमारीको पनि पूजा गरिन्छ। भजन कृतन सकेपछि भक्तजन र टोलका सबै मिलेर समयबजि बाँडेर खाने परम्परा छ। यस दिन विशेष गरेर समयबजि दान दिनु भनेको पञ्चतत्व दान दिनुसरह मानिन्छ। त्यसैले इन्द्रजात्राको दिन पञ्चतत्वले निर्माण भएको शरीरमा पञ्चतत्व सन्तुलित गरेर राख्ने उद्देश्यले समयबजि खाने र अरूलाई पनि बाँड्ने गरिन्छ। टोलटोलमा र छरछिमेकमा गएर “ला छकू वयेक समेबजि, वल वल पुलुकिसि” अर्थात् (मासु एकटुक्रा आउने गरी समयबजि, आयो आयो ऐरावत हात्ती) भनेर लय मिलाएर देउसी र भैलोजस्तै समयबजि माग्न जाने चलन छ। समयबजि भन्नाले चिउरा, कालो भट्मास, अदुवा, लसुन, बोडी, तोरीको साग, आलु, छोयला, बारा, माछा र अण्डा आदिको परिकार हो।

यो पर्वको मुख्य आकर्षण काठमाडौँकी जीवित देवी कुमारीको रथ तानेर गरिने जात्रा हो। कुमारीको रथको अघि अघि गणेश र भैरवको पनि रथ तानेर जात्रा गरिन्छ। कुमारीको रक्षकको रूपमा गणेश र भैरवको स्थापना गरिएको भनाइ छ। येँयाः जात्राभरि टोलटोलमा समयबजिको साथै हाथु हायेकेगु भनेर भैरवको मूर्तिमा रक्सी र जाँड चढाई प्रसादको रूपमा ग्रहण गरिन्छ। घरघरमा दलूचा अर्थात् झ्यालबाहिर झुन्ड्याउने दियोमा पूजा गरिन्छ। यसदिन विशेष गरेर स्वर्गका राजा देवराज इन्द्रलाई सहकालको देवताको रूपमा पूजा गरिन्छ। यो जात्रा काठमाडौँ उपत्यकाका विभिन्न सहर, पाटन, भक्तपुर, थिमि, टोखा, हरिसिद्धिको साथै उपत्यका बाहिर सिक्किम र अमेरिकामा पनि धूमधामसँग मनाइँदै आएको छ। 

इन्द्रजात्रा यँलाथ्व चतुर्दशीको दिनबाट सुरु भए पनि यंलाथ्व (भाद्र शुक्ल) द्वितीयाको शुभसाइतअनुसार बिहान यःसिं अर्थात् इन्द्रध्वज ठड्याउन नालाको जङ्गलमा वनयात्रा गरिन्छ। त्यस रात रुखको पूजा गरेर रुखलाई काटेर घाउ गरिन्छ भने भोलिपल्ट बिहान वृक्षकटान गरिन्छ। वृक्षकटान गरेपछि त्यहाँबाट तानेर भोटाहितिमा यःसिं राख्न ल्याइन्छ। 

भोटाहितिमा यःसिं राखेको चार दिनपछि कायाअष्टमीका दिन विधिवत यःसिं गाड्ने ठाउँमा राजपुरोहितले होम गरी पूजा गर्छन्। सार्दूलजंग गुल्म, गुरुजु पल्टन र पन्चेबाजागाजा सहित यःसिंलाई पूजा गरेर भोताहितिबाट हनुमान ढोकाको कालभैरव अगाडिसम्म तानेर ल्याइन्छ। ३२ हात लामो यःसिं हनुमान ढोकामा ल्याएर येँयाः जात्रा सुरु भयो भन्ने प्रमाणसहित साइत हेरेर यंलाथ्व द्वादशीको दिन यःसिं ठड्याइन्छ।  यःसिं ठड्याएपछि गुरुजु पल्टनले तोप पनि पड्काउँछन्। त्यसको तल हात्तीमा बसेको सुनको यःमाद्यः अर्थात् देवराज इन्द्रलाई राखी होम गरेर दिनदिनै बिहान पूजा गरिन्छ। यसदिनदेखि येँयाः जात्रा धूमधामले मनाइन्छ। बौद्धधर्मालम्बीले भने दिवङ्गत आफन्तको सम्झनामा “उपाकू वनेगु” भनी धूपदिप, कपूर, पाला, दियोबत्ती बालेर चीरशान्तिका लागि नामसङ्गीति स्तोत्र पाठ गरी नगर परिक्रमा गर्न जाने प्रचलन छ। त्यसैले यो पर्र्व विशेष गरेर दिवङ्गत भएका आफन्तको सम्झनामा मनाउने पर्वका रूपमा चिनिन्छ। 

त्यही दिन बेलुकी हनुमानढोकामा विभिन्न देवदेवीको नाच नचाइन्छ भने दशअवतार, दीप्याखं, लाखे नाच, मजिपा लाखे, कुम्हो नाच, भक्तपुरको माकः प्याखं, महांकाल नाच, हल्चोकको सवभक्कु भनेर चिनिने आकाशभैरव गण नाच, किलागलबाट पुलुकिसि नाच र दीप्याखं आदि देवदेवताको नाच काठमाडौँका ठाउँठाउँमा नचाइन्छ। यःसिं ठड्याएको पर्सिपल्ट यँलाथ्व चतुर्दशीको दिन क्वःने अर्थात् सहरको तल्लो क्षेत्रतिरबाट कुमारीको रथ तान्छ। यही दिनलाई इन्द्रजात्रा भन्ने गरिएको छ। यस दिन मरुटोल अर्थात् वसन्तपुरबाट रथ तानेर काठमाडौँको जैसीदेवल, ज्याबहाल, लगन, ब्रह्मटोल, कोहिटी, चिकंमुगल हुँदै भीमसेनस्थान लगायतका विभिन्न ठाउँको परिक्रमा पछि वसन्तपुरमै ल्याएर त्यसदिनको जात्रा टुङ्ग्याइन्छ। यस दिन राष्ट्रप्रमुखले जात्रा अवलोकन गर्ने चलन छ। 

त्यसको भोलिपल्ट थःने अर्थात् सहरको माथिल्लो क्षेत्रबाट कुमारीको रथ यात्रा गरिन्छ। त्यसदिन वसन्तपुरबाट रथजात्रा सुरु गरेर प्याफल, यट्खा, नरदेवी, थाय्मदु, भेडासिङ, असनबाट केलटोल इन्द्रचोक हुँदै वसन्तपुर पुगेपछि जात्रा सम्पन्न हुन्छ। त्यसपछि सबभन्दापछिको दिन यँलागा चौथी अर्थात् भाद्रकृष्ण चौथीको दिन नानीचायाः भनेर रथ मरुटोलबाट प्याफल हुँदै किलागलबाट इन्द्रचोकतिर तानेर जात्रा सम्पन्न गरिन्छ। रथ जात्रा गरिँदा रथको अगाडि अगाडि लाखे नाच र पुलकिसि नाच ल्याइन्छ। त्यसपछि गणेश र भैरवको रथ अनि सबैभन्दा पछाडि कुमारीको रथ तानेर ल्याइन्छ। नानीचायाःको दिन बेलुकी यःसिं ढालेर येँयाः जात्रा सम्पन्न भएको घोषणा गरिन्छ। त्यसपछि इन्द्रध्वज अर्थात् यःसिंलाई टेकु दोभानमा लगेर विसर्जन गरिन्छ। 

वि.सं. १७४१ देखि येँया यँलागा तृतीयासम्म मनाउने भनेर उल्लेख गरेको पाइन्छ भने प्राचीनकालमा चारदिनसम्म मनाइने यस पर्वलाई मध्यकालमा आठ दिनसम्म मनाउने गरेको पाइन्छ। मल्लकालको अन्तसम्ममा आइपुग्दा राजा जयप्रकाश मल्लले येँयाःको दिन कुमारीको रथ तान्ने परम्परा सुरु गरेका थिए। कुमारीको रथ तान्ने परम्परा सुरु भएपछि यो पर्व धूमधामले मनाउन थालियो। -गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ