2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शरीरका यी पाँच संकेतले तपाईंमा राम्रो प्रजनन क्षमताको संकेत गर्छ

September 21, 2022

असोज ५, काठमाडौँ | किशोरावस्था गर्भवती हुनु निकै भयानक कुरा हुनसक्छन् । त्यही किशोरी जब २० देखि २४ वा २५ वर्ष पुग्छिन् तब उनी नचाहेको गर्भ रोक्ने तरिकाबारे सोच्न थाल्छिन् र आफ्नो साथीहरुसँग यसबारे कुरा पनि गर्छिन् । तर केही समय पछि नै त्यहि केटीका लागि गर्भवती हुनु अत्यावश्यक चिज हुने गर्छ । उनी हरेक हालमा छिटोभन्दा छिटो आमा बन्न चाहन्छिन् । आमा बन्नु विश्वका हरेक महिलाका लागि निकै सुन्दर अनुभव हो तर योसँग धेरै चुनौती र समस्या पनि हुन्छन् ।


आजको समयमा खराब जीवनशैली र खानपानका कारण महिलाको प्रजनन क्षमतामा नकारात्मक असर परिरहेको छ जसका कारण थुप्रै महिलालाई गर्भवती हुन समस्या भइरहेको छ । यस्तै, केही महिला यस्ता पनि हुन्छन् जो निकै सजिलै गर्भवती हुने गर्छन् । यस्तोमा हामी तपाईंलाई ती पाँच संकेतबारे जानकारी दिँदै छौँ जसले तपाईं कत्तिको फर्टाइल हुनुहुन्छ भन्ने जानकारी दिन्छ ।

१. यदि तपाईंको उमेर २० देखि २५ वर्ष छ भने

विश्वभरी गरिएका अनुसन्धानमा २०–२४ वर्षको उमेरमा कुनै पनि महिलाको प्रजनन क्षमता उत्कृष्ट हुने बताइएको छ । यद्यपि, प्रजनन क्षमताको आयु सीमा सबै महिलाका लागि समान हुँदैन र यसमा अन्तर पनि हुनसक्छ । तर अनुसन्धानमा के पत्ता लागेको छ भने उमेर बढेसँगै प्रजनन क्षमता क्रमशः कम हुँदै जान्छ ।

२. महिनावारी नियमित हुँदा

हामी सबैको महिनावारीको साइकल कहिलेकाँही गडबड हुन्छ जुन सामान्य कुरा हो तर यो धेरै नै गडबड भइरहन्छ भने तनावको कुरा हुनसक्छ । यस्तै यदि तपाईंको महिनावारी नियमित छ, तपाईंको मेन्स्ट्रुलअ साइकल उत्कृष्ट छ भने तपाईं असाध्यै फर्टाइल हुनुहुन्छ भन्ने निशानी हो यो ।

३. जिन्सको सम्बन्ध

जब गर्भावस्थाको कुरा आउँछ, धेरैपटक यतिबेला भोग्नुपरेको अप्ठेरो र सहजताबारे कुरा आउँछ । तर पारिवारिक पृष्ठभूमिको आधारमा कुनै महिलाको प्रजनन क्षमताबारे अनुमान लगाउन निकै मुश्किल छ ।

४. भजाइनल डिस्चार्ज

यदि महिनावारीको साइकलको बीचमा योनीबाट सफा र कुनै दुर्गन्ध बिनाको सर्भाइकल म्युकस डिस्चार्ज हुन्छ भने यो राम्रो संकेत हो । यसको अर्थ तपाईंको सर्भिक्सले वीर्यलाई निकै सजिलै पास गर्न र इम्प्लान्टेशनमा मद्दत गर्छ र यो गर्भधारणको सुरुवाती चरणका लागि निकै आवश्यक छ ।

५. पिएमएस (प्रिमेन्स्ट्रुअल सिन्ड्रोम) का लक्षण

प्रिमेन्स्ट्रुअल सिन्ड्रोमका बेला मुड स्विङ, बारम्बार खाने इच्छा, तल्लो पेट दुख्ने, थकान, चिडचिडापन पिएमएसका लक्षण हुन् । हरेक चारमध्ये तीन महिलालाई महिनावारी हुन लाग्दा यीमध्ये कुनै न कुनै लक्षण देखिएकै हुन्छ । यो स्थिति धेरैलाई मन पर्दैन तर यो फर्टिलिटीको निशानी हो । यी लक्षणको अर्थ, तपाईंको शरीरले त्यसरी नै काम गरिरहेको छ, जुन उसले गर्नुपर्छ । यद्यपि, अति नै पीडा भयो भने चाहिँ डाक्टरलाई देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ