कात्तिक २, बझाङ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

‘सीता म्याडमलाई समस्या भएपछि हिजो मेडिसिटी अस्पताल भर्ना गरिएको हो । अस्पताल ल्याउने लग्ने भई रहन्छ । नयाँ समस्या भएर होइन’ प्रचण्डको सचिवालयका एक सदस्यले भने । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छिन् ।

सीता दाहालको स्वास्थ्यमा जटिल समस्या भएपछि पार्टीको कार्यक्रममा समेत प्रचण्ड जान पाएनन् । पार्टीको सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्ड जाने भनिएपनि अन्तिम घडिमा स्थगित गरेका हुन् ।

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
Leave a Comment