मौसम सम्बन्धि जानकारी: आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

साझासवाल
1 Min Read

<p><b>कात्तिक ५, काठमाडौं | </b>हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।<br></p><p>महाशाखाले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् । देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ ।</p><p>दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।</p>

Leave a Comment

Leave a Reply