कात्तिक २२, काठमाडौँ । धरान उपमहानगरपालिकाले कात्तिक २२ गते मंगलबार सार्वजनिक बिदा दिएको छ।

कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको हो।

प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले आज विज्ञप्ति निकालेर उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको हो।

धरानमा भोलि सार्वजनिक बिदा
Leave a Comment