मंसिर ८, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई-दुई खेल हुनेछन् ।

समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ । आजको दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र दक्षिण अफ्रिकाबीच बेलुका पौने ७ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ ।

समूह एचमै रहेका पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । यस्तै समूह जीमा रहेका ब्राजिल र सर्बियाबीच मध्यराति पौने १ बजे खेल सुरु हुनेछ । यो खेल लुसेन आइकोनिक स्टेडियममा हुनेछ ।

आजको खेलपछि विश्वकपमा सहभागी ३२ वटै टिमको एक-एक खेलको समीकरण पूरा हुनेछ ।

विश्वकपमा आज पनि चार खेल, पोर्चुगलले घानासँग, ब्राजिलले सर्बियासँग सामना गर्दै
Leave a Comment