माघ १०, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले राज्यका निकाहरुलाई पार्टीहरुले थिलथिलो बनाएको आरोप लगाएका छन्। फरार सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेको विषयमा आज सांसदहरुले गृह मन्त्री माथि प्रश्न उठाएका थिए। मंगलवारको प्रतिनिधि सभाको बैठकमा प्रश्नकझ जवाफ दिँदै उनले काम गरेर जवाफ दिने बताए।

'राज्यका संयन्त्रलाई थिलथिलो बनाइएको छ। वर्षौं शासन सत्ता सम्हालेका दलबाट थिलथिलो बनाइयो। कामका माध्यमबाट जवाफ दिनेछु,' लामिछानेले भने।

उनले ठुला दलहरुमाथि आक्रोश व्यक्त पनि गरेका छन्। प्रमुख जिल्ला अधिकारी (सिडियो) र डिएसपीमा दलहरुले चलखेल गरिरहेको लामिछानेको भनाइ थियो।

'आज सिडियो आफ्नो चाहिएको छ। डिएसपी चाहिएको छ। गृह प्रशासनले गर्न लागेको प्रणालीमा तपाईं हामीले विश्वास गर्नुपर्ने छ। चाहे फरार सांसदका विषयमा हुन्। गृह मन्त्रालय अन्त्यन्त संवेदनशील छ,' उनले भने। केहि दिनभित्रै परिणाम दिनेगरि काम हुने लामिछानेको दाबी छ।

'विश्वास दिलाउन चाहन्छु त्यस्ता ठाउँलाई ठीक गरेर केहि दिन भित्रै हामी निर्णयमा पुग्छौं,' उनले भने।

उनले आफूले राम्ररी काम गरिरहेको र सांसदको साथ आफूलाई चाहिएको पनि बताए। 'मैले खुट्टा दरो सँग टेकेको छु। तपाईंहरु पनि दह्रो गरि टेक्नुहोला,' लामिछानेले भने।

लामिछानेभन्दा अघि बोलेका सत्तारुढ दल नेकपा एमालेका सांसद रघुवीर महासेठले कोइरीको बचाउ गरेका थिए। लामिछानले पक्राउ पर्ने आश्वासन दिइरहेका बेला सत्तारुढ दलकै सांसदले उनी दोषी करार नभएकोले अपराधी नभएको दाबी गरिरहेका छन्।

किन पक्राउ परेनन् फरार सांसद कोइरी? गृहमन्त्री रविको जवाफ: राज्यका संयन्त्र थिलथिलो बनाइएको रहेछ
Leave a Comment