Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
  • अर्थ/विकास
  • राजनीति
  • समाज
  • विश्व
  • खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • अर्थ/विकास
  • विश्व
  • सूचना प्रबिधि
Search
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > मनोरञ्जन > ३ हप्तापछि आफ्नै फ्ल्याटमा मृत भेटिइन् यी सुन्दर अभिनेत्री,कुहिएको अवस्थामा शव फेला
मनोरञ्जनमुख्य समाचारविश्व

३ हप्तापछि आफ्नै फ्ल्याटमा मृत भेटिइन् यी सुन्दर अभिनेत्री,कुहिएको अवस्थामा शव फेला

साझासवाल
Last updated: July 10, 2025 1:57 pm
By
साझासवाल
Share
1 Min Read
SHARE

काठमाडौँ । पाकिस्तानी अभिनेत्री तथा मोडेल हुमैरा असगर अलीको दुःखद निधन भएको छ। तमाशा घर र २०१५ को फिल्म जलाईबीमा अभिनय गरेकी हुमैराको शव कराँचीको डिफेन्स हाउसिङ अथोरिटीस्थित अपार्टमेन्टमा करिब तीन हप्ता पछि फेला परेको हो।

विगत सात वर्षदेखि एक्लै बस्दै आएकी हुमैराको अपार्टमेन्टबाट अप्रिय गन्ध निस्किएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरी दिउँसो ३:१५ बजे पुगेपछि ताला फोडेर प्रवेश गर्दा कुहिएको शव फेला परेको थियो। शवलाई जिन्नाह पोस्ट ग्राजुएट मेडिकल सेन्टरमा पोस्टमार्टमका लागि पठाइएको छ।

प्रहरीका अनुसार उनी लगभग दुई हप्ता अघिदेखि मृत थिइन्। रिपोर्टले उनी यस वर्षको सुरुबाटै भाडा तिर्न छाडेकी थिइन्। बारम्बार सम्पर्क प्रयास असफल भएपछि घरधनीले कानुनी कारबाही अघि बढाएका थिए।

प्रारम्भिक अनुसन्धानमा कुनै आपराधिक संकेत देखिएको छैन। यद्यपि, अन्तिम निष्कर्ष पोस्टमार्टम रिपोर्टपछि मात्र आउनेछ। प्रहरीले हुमैराको मोबाइल रेकर्डमार्फत परिवारजन खोजी जारी राखेको छ।

Share This Article
Email Copy Link Print
Previous Article किएभमा आक्रमण भएको बेला रुबियो र रुसका लाभरोभबीच भेट हुने
Next Article मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान
© Sajha Sabal Media - 2026. All Rights Reserved.