विश्वमा आजः इजरायली प्रधानमन्त्रीको हत्या, अमेरिकाका ४४ औं राष्ट्रपति बाराक ओबामा

साझासवाल

कात्तिक १८, काठमाडौँ |

आज ४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण  घटनाः

बाराक ओबामा अमेरिकाको ४४ औं राष्ट्रपति

अफ्रिकी मूलका अमेरिकी नागरिक बाराक ओबामा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी दुई पटकसम्म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

इजरायली प्रधानमन्त्रीको हत्या

सन् १९९५ मा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिनको हत्या भएको थियो । रबिन ओस्लो शान्ति सम्झौतामा महत्वपूर्ण भूमिकामा थिए ।

इरानमा ५२ अमेरिकी बन्धक

सन् १९७९ मा इरानी विद्यार्थीहरूको एउटा समूहले तेहरानस्थित अमेरिकी दूतावासलाई नियन्त्रणमा लिएर ५२ अमेरिकीलाई नियन्त्रणमा लिएका थिए । बन्धकपछि इरान र अमेरिकाबीच तनाब बढेको थियो ।

अमेरिकी राष्ट्रिय सुरक्षा निकाय गठन

सन् १९५२ मा अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय (एनएसए) गठन भएको थियो । एनएसएले देशभित्र गुप्तचरसम्बन्धी गतिविधि अनुगमन र सूचना संकलन गर्छ ।

अमेरिकाको पहिलो महिला गर्भनर

सन् १९२५ मा अमेरिकाले पहिलो पटक महिला गर्भनर पाएको थियो । निलाई टेलोइ रोस अमेरिकाको वाइओमिङमा राज्यको गर्भनर बनेकी थिइन् ।

Leave a Comment

Leave a Reply