चीनमा पछिल्लो चार महिनापछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिए

साझासवाल

पुस १०, काठमाडौँ | चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ ।

विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

कोरोना भाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशभन्दामा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोनाभाइरसको पुष्टि चीनमा भएको थियो ।

सुरुमा उच्च सतर्कता गरेकाले चाडो महामारी न्युनिकरण गर्न सफल भएको थियो भने चीनले कोरोनाभाइरस विरुद्धको खोप पनि उत्पादन गरेको छ ।

चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन् । अहिले फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १४० जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरिएको हो । तीमध्ये ८७ जना स्थानीय स्थानान्तरण र अरु बाहिरबाट सरेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

Leave a Comment

Leave a Reply