2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनको ११ अर्ब डलरको पाइपलाइनले कसरी नेटो र ईयूलाई विभाजित गर्दैछ ?

January 25, 2022

एजेन्सी | रुस र जर्मनीबीचको जमिनमुनिको पाइपलाइनले अहिले ठ्याक्कै त्यही काम गर्दैछ, जुन कुरा दुई देशले नकार्दै आइरहेका थिए – भूराजनीतिक सङ्कटमा एउटा हतियार ! सन् २०१५ मा यसको घोषण हुँदा अमेरिका, बेलायत, युक्रेनसहित युरोपियन युनियनका धेरै सदस्य राष्ट्रहरूले यसप्रति आपत्ति जनाएका थिए । यसले युरोपमा मस्कोको प्रभाव बढ्ने उनीहरूले चेतावनी दिएका थिए ।

१२०० किलोमिटर लामो पाइपलाइन गत सेप्टेम्बरमा सम्पन्न भएको थियो । अब यसको अन्तिम अनुमतिको प्रतीक्षा मात्र रहेको छ । यो पाइपलाइन सुरु भइसकेको छैन तर रुस र पश्चिमा राष्ट्रबीच द्वन्द्व चलिरहँदा अहिले नै यसले पारम्परिक गठबन्धनमा फाटो ल्याउन ठूलो ‘हतियार’ को काम गरेको छ । विज्ञहरूले यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ठूलो जीतका रूपमा अर्थ्याएका छन् । अमेरिकाको जर्मन मार्सल फन्डकी सिनियर फेलो क्रिस्टिन बेरजिना पाइपलाइनको विषयमा भएको ‘ड्रामा’ ले मस्कोलाई फाइदा पुगेको बताउँछिन् । ‘नेटो र युरोपियन युनियनको एकता भत्काउन रुसका लागि यो पाइपलाइन ठूलो हतियार बनेको छ,’ उनले भनिन् । 

लामो समयसम्म रुस र जर्मनी दुवैले पाइपलानको केवल व्यावसायिक प्रयोजन भएको र यसले राजनीतिमा प्रभाव नपार्ने बताउँदै आएका थिए । तर मध्य र पूर्वी युरोप जहाँ रुसबाट आउने ग्याँसले ठूलो भूमिका खेल्छ, यो विषय ऊर्जाभन्दा पनि बढी राजनीतिकसँग ठोक्किन्छ । प्राकृतिक ग्याँसको मूल्यमा रेकर्ड वृद्धि भइरहेको अवस्थामा पछिल्लो तनावले यसको मूल्यमा थप वृद्धि हुनेमा युरोपियन प्रयोगकर्ताहरू थप चिन्तित बनेका छन् । 

रुसले ऊर्जाको मद्दतले युरोपमा दबाब बढाउन खोजेको अस्वीकार गरिरहँदा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भने युरोपमा ग्याँसको मूल्य बढ्नुमा मस्कोलाई जिम्मेवार ठहराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक