बर्दियामा हात्तीको आक्रमणवाट एकजनाको मृत्यु, दुईजना गम्भिर घाईते

Posted on: 28 Dec, 2016

पुस १३, बर्दिया । बर्दियामा हात्तीको आक्रमणवाट एकजनाको मृत्यु भएको छ भने थप दुई जना गम्भिर घाइते भएका छन ।

बर्दियाको सदरमुकामदेखि पश्चिम तर्फ रहेको मनाउ गाविस वडा नं. ५ प्रसेनि वजारमा बुधवार विहान सवा सात वजेतिर बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट आएको हात्तीको बथानले आक्रमण गर्दा मनाउ गाविस वार्ड नं. ५ प्रसेनीका लोकबहादुर परियारकी श्रीमती ३० वर्षीया विमला परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

हात्तीको आक्रमनबाट सोही गाविस वडा नं. ८ का अन्दाजी ५६ वर्षीय रामप्रसाद लामिछाने, सोही गाविस वडा नं. २ का १४ वर्षीय दिनेश शिंह ठकुरी घाइते भएका छन । घाइते दुवै जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको मनाउ प्रहरी चौकीका इञ्चार्ज खटकबहादुर थापाले जानकारी दिए । हात्तीको आक्रमणबाट भएको अन्य भौतिक संरचनाको क्षतिको विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

मनाउ गाविसको प्रसेनी वजारमा एका विहानै हात्तिले तान्डव मच्चाउँदा गाविस कार्यालय , स्वास्थ्य चौकी , प्रहरी चौकीको छतमा मानिसहरु ज्यान जोगाउनका लागि पुगेका थिए । अहिले सो हात्तिहरुको बथान नेपाली सेना,स्थानिय वासी र प्रहरीले जंगलतिर धपाइरहेको जानकारी दिइएको छ । दीपक शर्माबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!