जाजरकोट नेपालका ७५ अाेटा जिल्ला मध्ये याे पनि एक हो। यो जिल्ला नेपालको पहाडी प्रदेशमा पदर्छ । याे मध्यपशि्चमान्चल विकास क्षेत्रमा पर्दछ । ऐतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण मानिने बाईसे राज्यहरू मध्येको एक राज्य जाजरकोट पनि हो। यहाँ समशिताेष्ण किसमकाे हावापानी पाइने गर्दछ ।
धार्मिक स्थलहरू जाजरकाेट जिल्लाकाे पश्चिमी भेग नदाइ डाव लाई प्रमुख धार्मिक स्थलका रूपमा लिइन्छ । त्यसैगरि मजकाेट गाविसकाे वडा नं ६ मा भैरवनाथकाे मन्दिर अवस्थित रहेकाे छ । याे मन्दिरमा बर्षकाे दुइपटक मेला लाग्ने र भैरवकाे पुजाअाजा गरिने गरिन्छ ।
अग्लाे पहाड याे जिल्लाकाे सबैभन्दा अग्लाे डाँडा भैरीकाे लेख पर्दछ । याे लेखमा विभिन्न किसमका हिमाली मृगहरू र अमूल्य धातु पाइने गर्दछ। याे लेखबाट कैलाली, अछाम, सुर्खेत, देलेख, कालिकाेट, जुम्ला, सल्यान, राेल्पा, डाेल्पा तथा अन्य हिमालहरू पनि देख्न सकिन्छ ।
जिल्लाको नामाकरण
झारकोट शब्दको अपभ्रंश भै जाजरकोट नाम दिइएको जनश्रुती रहेको पाइन्छ। पहिले याे ठाउँमा चारैतिर बाक्लाे झारजंगल भएकाे र बिचमा काेट जस्ताे परेकाे डाँडा भएकाेले यसलाई झारकाेट भन्दा भन्दै जाजरकाेट भएकाे भन्ने भनाइ छ ।
इतिहास
पौराणिक कालमा कर्णाली भेगमा (हाल जुम्ला जिल्लाको सिंजा क्षेत्रमा) खस जातीका मल्ल राजाहरुले एउटा बिशाल राज्यको स्थापना गरेको पाईन्छ । अहिलेको जाजरकोट जिल्लाको क्षेत्रपनि त्यसताका सोहि राज्यमा थियो । धेरै राजाहरुले राज्य गरिसकेपछि ई.स. १८३३ ताका जुम्ला राज्य टुक्रिएर स साना बाईसे चौबिसे राज्यको उदय भएको थियो । सोहि समयमा शाके सम्वत १३००–१४५५ को आसपासमा भेरी नदीको पश्चिमी किनारा स्थित जगतीपुरलाई जगतीसिंह भन्ने राजाले राजधानी बनाई जाजरकोटमा राज्य संचालन गरेका थिए । ईतिहास अनुसार त्यतिबेलाको जाजरकोट एउटा साम्राज्यको रुपमा बिकसित भएको साथै त्यसको सिमाना जुम्लाबाट दक्षिण गंगा नदीसम्म, पश्चिममा दैलेख र पुर्वमा गण्डकी नदीसम्म फैलिएको थियो । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको बेलामा समेत जाजरकोटलाई हमला नगरी छुटै राज्यको रुपमा मान्यता दिएको र राज्य रजौटा ऐन २०१७ अनुसार पनि जाजरकोटी राजाको अस्तित्व कायम रहेको अभिलेखबाट देखिन्छ । यस जिल्लाको सिमाना पूर्व:– रुकुम जिल्ला, पश्चिम:– दैलेख, जुम्ला र कालिकोट जिल्ला, उत्तर:– डोल्पा र जुम्ला जिल्ला र दक्षिण:– सल्यान र सुर्खेत जिल्ला पर्दछन् ।
भाैगाेलिक तथा पर्यटकीय स्थलहरू
मालिका गुफा
जाजरकाेट जिल्ला भाैगाेलिक रूपमा पछाडी परेपनि याे क्षेत्र प्राकृतिक रूपले धनी रहेकाे छ । यसमा क्षेत्रमा विभिन्न पर्यटकीय तथा रमणीय ठाउँहरू रहेका छन् । दशेरा गाविसकाे वडा नं १ मा पर्ने फाल्म भन्ने गाउँकाे सिरानमा रहेकाे मालिका गुफा एकदमै रमणीय र पर्यटकीय दृष्टिकाेणमा महत्वपूर्ण मानिन्छ । याे गुफा चारैतिर प्राकृतिक रूपमा ढुङ्रगै ढुङ्रगाले बनेकाे छ । समुन्द्रि सतहदेखी करिव ३५६० मिटर उचाइमा रहेकाे याे गुफामा ढुङगाले बनेका शिव पार्वती,गणेश,विष्णुका मुर्ती रहेका छन् । ति मुर्ती हरू अाफै ढुङगाबाट बनेका छन् । गुफा लगभग ४०० मिटर भित्र रहेकाे छ भने त्यहाँ जानलाई भर्या्ङ बनाइएकाे छ ।
भकारे दह जाजरकाेट जिल्लाबाट १० काेष पश्चिम पर्ने मजकाेट गाविसकाे वडा नं ६ मा एकदम अनाैठाे खालकाे दह रहेकाे छ । त्याे दहमा एउटा खाेला माथिबाट बगेर अाउँदा एउटा ढुङगा मुनिबाट छिरेर अाउने गर्दछ । याे दहमा चारैतिर ढुङगाले घेरेकाे छ भने बिचमा गहिराे ताल रहेकाे छ र त्याे ताालकाे पानी भकारी जस्ताे परेकाले त्यसलाई भकारे दह नाम राखिएकाे भनाइ छ । दुइ नदीकाे बीचमा पर्ने याे दह १०० मिटर जति गहिराे छ भने त्यसैमा ४० मिटर अग्लाे झरना पनि झर्ने गर्दछ ।