नवौं राष्ट्रपति रनिङ्गशिल्ड शुरु

Posted on: 09 Feb, 2017

सास । माघ २७, बर्दिया ।

प्रत्येक वर्ष सञ्चालन गरिने अन्तरविद्यालय राष्ट्रपति रनिङ्गशिल्डको नवौं संस्करण जिल्लाको पाञ्चजन्य माध्यमिक विद्यालय पदनाहामा बुधबारदेखि शुरु गरिएको छ ।


बालबालिकाहरुमा खेलकुदका माध्यमबाट स्वस्थ शरीर निर्माण गरी सिकाइलाई प्रभावकारी बनउन र देशका लागि खेलाडीहरु उत्पादन गर्नका लागि महत्वपूर्ण मानिएको रनिङ्गशिल्डको नवौं संस्करणको पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले उद्घाटन गर्नुभएको हो ।

जिल्लाका सामुदायिक तथा संस्थागत गरी कूल ७० ओटा विद्यालयहरुको सहभागीता रहेको रनिङ्गशिल्डमा एथ्लेटिक्सका विभिन्न विद्याहरु, भलिवल, कराते लगायतका खेलहरुमा प्रतिष्पर्धा हुने बताइएको छ ।

कार्यक्रममा जिल्लाका विभिन्न सरकारी निकायका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता फागुन ३ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!