नर्सिङ विद्यार्थीलाई अनुशिक्षण

Posted on: 05 Sep, 2018

सास । भदौ २०,बर्दिया ।

प्राविधिक शिक्षामा आफ्नो अलग्गै पहिचानका साथ अगाडि बढेको बर्दियाकै पहिलो नर्सिङ पढाइ हुने कलेज भेरी कलेज अफ मेडिकल साइन्सले पिसिएल नर्सिङको २०७५ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि आज अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


यसै वर्ष तेस्रो वर्षको अध्ययन सम्पन्न गरेका पहिलो व्याचका विद्यार्थीहरुलाई केही दिन अघि विदाई कार्यक्रम गरिएको थियो भने प्रत्येक वर्ष नर्सिङ्ग कोर्सका बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक सुधारक मिश्रले नर्सिङ पेशा जति आकर्षक छ उत्तिकै चुनौतिपूर्ण रहेको बताउनुहुँदै कलेजमा अध्ययन गरेर गएका सबै विद्यार्थीहरु सक्षमतापूर्वक कुनै न कुनै रोजगारीमा आवद्ध भएको बताउनुभयो ।

यसैगरी सस्थापक तथा प्रशिक्षक डा. निशान्त मिश्राले नर्सिङ विषयमा लगनशीलता, अनुशासन र मिहिनेत भएन भने सफलता प्राप्त नहुने भएकोले नव आगन्तुक विद्यार्थीहरुलाई कडा अनुशासित भएर कडा मिहिनेत गर्नका लागि आग्रह गर्नुभयो ।


यसैगरी प्रिन्सिपल गंगा पौडेलले उपस्थित सबै विद्यार्थी तथा अभिभावकहरुलाई स्वागत गर्नुहुँदै कलेजमा प्रशिक्षकहरुको टिम अनुभवी तथा दक्ष भएकोले पठनपाठन अत्यन्तै गुणस्तरीय रहेको बताउनुहुँदै अभिभावकहरुलाई यहाँको गुणस्तरीयताको बारेमा ढुक्क हुन आग्रह गर्नुभयो । प्रशिक्षक प्रभात सुवेदीले भेरी कलेजले विद्यार्थीहरुका लागि सैद्धान्तिक ज्ञानको साथसाथै व्यवहारिक तथा प्रयोगिक ज्ञानलाई प्राथमिकता दिने भएकोले पनि यहाँको शैक्षिक स्तरमा विद्यार्थीहरु अब्बल हुने बताउनुभयो । 

कलेजका प्रवन्ध निर्देशक सुधाकर मिश्रको सभाध्यक्षतामा सम्पन्न अुनुशिक्षण कार्यक्रमको सहजीकरण प्रशिक्षक किरण खनालले गर्नुभएको थियो ।

कलेजले सिटिइभिटीबाट सम्बन्धन लिई प्राविधिक धारका विभिन्न विषयहरुमा कक्षा सञ्चालन गर्दै अाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!