सानी नानीले योगका लागि दक्षिणाको पैसा दिइन् !

Posted on: 25 Nov, 2018

प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

पतन्जली योग समिति बर्दियाको आयोजनामा शनिबारदेखि आयोजना गरिएको एक हप्ते वृहत् योग विज्ञान शिविरमा सहभागी हुन आएकी ७ वर्षिय बालिका अािशका पहारीले आफूले टीका लगाएर पाएको दक्षिणाबाट एक हजार रुपैंया योग शिविरका लागि दान गरेकी छन् । 


गुलरिया नगरपालिकाको प्राङ्गणमा शुरु गरिएको वृहत् योग शिविरको उद्घाटन बर्दिया क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य एवम् पूर्व सिंचाईं मन्त्री संजय कुमार गौतम र नेपाल कम्प्युनिष्ट पार्टीका केन्द्रिय तथा पूर्व मन्त्री सदस्य विष्णु प्रसाद चौधरीले संयुक्त रुपमा गर्नुभएको हो । 

मंसिर १४ गतेसम्म सञ्चालन गरिने वृहत् योग विज्ञान शिविरका मुख्य गुरुका रुपमा नेपाल प्रभारी लवदेव मिश्र रहनुभएको छ । शिविरको पहिलो दिन करिब ४ सय जनाको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापकीय पक्षको प्रशंसा गर्नुहुँदै नेपाल प्रभारी मिश्रले भोलिदेखि सहभागीहरुको संख्यामा वृद्धि गर्न सबैलाई आह्वान गर्नुभयो । 


विगत केही वर्षदेखि बर्दियामा पतञ्जली योग समिति बर्दियाको नेतृत्वमा नियमित योग साधना हुँदै आएतापनि पछिल्लो समय योग साधना, सह–योग शिक्षक प्रशिक्षक प्रशिक्षणको कार्यक्रमहरु हुँदै वृहत् योग विज्ञान शिविर सम्म आइपुगेको हो । 

योग शिविरमा निःशुल्क रुपमा सहभागी हुन सकिने भएकोले जिल्लाका आम नागरिकहरु सबैलाई सहभागिताको लागि आह्वान गरिएको जिल्ला प्रभारी डिल्लीराज ज्ञवालीले बताउनुभयो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!