भारतीय प्रधानमन्त्री मोदीले आगन्तुक पुस्तिकामा यस्तो लेखे

Posted on: 11 May, 2018

वैशाख २८ जनकपुर | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्रा गर्ने आफ्नो भित्री पुरानो इच्छा आज पूरा भएको बताए।

जानकी मन्दिरमा विशेष पूजा सकिएपछी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले भारत र नेपालको जनताको मनमा बिशेष महत्व राख्ने यस तिर्थस्थलको यात्रा उनका लागि स्मरणीय अनुभव भएको बताएका छन् ।

उनले आगन्तुक पुस्तिकामा  लेखेका छन्:- "जनकपुरधामको यात्रा गर्ने मेरो पुरानो इच्छा थियो | भारत र नेपालको जनताको मनमा बिशेष महत्व राख्ने यस तिर्थस्थलको यात्रा मेरो लागि स्मरणीय अनुभव हो |

आज यहाँ मेरो हृदयस्पर्शले भरिएको स्वागतको लागि म नेपाल सरकार र जनकपुरका जनतामा आभारी छु | जनकपुरवासि र नेपालका सबै जनताको जीवनमा शान्ति, प्रगति र समृद्धिको लागि म भारतको जनताको तर्फबाट हार्दिक शुभकामना प्रतक गर्दछु |"



यस बिषयमा तपाइको प्रतिक्रिया...!