कुटपिटको घटनाको यथार्थ सार्वजनिक गर्न माग

Posted on: 16 Jan, 2019

माघ २, जनकपुरधाम | पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गर्नुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानूनी कार्य भएको बताउनुभयो । 

पूर्वमन्त्री जोशीले यस्ता गलत कार्यले लोकतन्त्र र सङ्घीयताको भविष्यमाथि नै प्रश्नचिह्न लगाउने बताउँदै पूर्वमन्त्री जोशीले संविधानले दिएको स्वाभिमानको निश्चितता र सुरक्षाको जिम्मेवारी बहन सबैले गर्नुपर्दछ भन्नुभयो । 

नेपाली काङ्गे्रस धनुषा जिल्ला सभापति महेशशङ्कर गिरीले प्रदेशका मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको आफ्नो पार्टीले भत्र्सना गर्ने बताउँदै त्यस्ता मन्त्रीलाई तुरुन्त बर्खास्त गरिनुपर्ने माग गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!