डोल्पाको लागि १ अर्ब २३ करोड ७३ लाख ६१ हजार बजेट बिनियोजित

Posted on: 30 May, 2017


टेक शाही/जेठ १६, डोल्पा । डोल्पा जिल्लामा आर्थिक बर्ष २०७४/०७५ मा कुल १ अर्ब २३ करोड ७३ लाख ६१ हजार बजेट बिनियोजन भएको छ । 

२ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानिय तह रहेको डोल्पा जिल्लामा सरकारले सोमबार प्रस्तुत गरेको बजेट सिधै स्थानिय तहमा जाने भएको छ । सोमबार दिउसो सरकारका अर्थ मन्त्री कृष्ण बहादुर महराले ब्यवस्थापिका सँसदबाट प्रस्तुत गर्नु भएको बजेटमा डोल्पामा १ अर्ब २३ करोड बजेट बिनियोजित गरिएको राजपत्रमा समाबेश गरिएको छ । 

आर्थिक बर्ष २०७४/०७५ मा डोल्पा जिल्लाका ८ वटा स्थानिय तहमा बिनियोजित बजेट यस्तो रहेको छ । ठुली भेरि नगरपालिका बित्तिय समिकरण अन्तरगत १५ करोड सशर्त अनुदान ७ करोड २० लाख ७९ हजार गरि कुल २२ करोड २० लाख ७९ हजार,त्रिपूरा सुन्दरि नगरपालिका बित्तिय समिकरण अन्तरगत १५ करोड सशर्त अनुदान ९ करोड ७९ लाख ३० हजार गरि कुल २४ करोड ७९ लाख ३० हजार बिनियोजन गरिएको छ । 

काईके गाँउपालिका बित्तिय समिकरण अन्तरगत १० करोड सशर्त अनुदान तन्तरगत २ करोड ७३ लाख ७२ हजार गरि कुल १२ करोड ७३ लाख ७२ हजार,छार्का ताङस्योङ गाँउपालिका बित्तिय समिकरण अन्तरगत १० लाख सशर्त अनुदान अन्तरगत ३ करोड २५ लाख ६० हजार गरि कुल १३ करोड २५ लाख ६० हजार,जगदुल्ला गाँउपालिका बित्तिय समिकरण अन्तरगत १० करोड सशर्त अनुदान अन्तरगत ३ करोड ०३ लाख ५८ हजार गरि कुल १३ करोड ०३ लाख ५८ हजार बिनियोजन भएको छ । 

मुड्केचुला गाँउपालिका बित्तिय समिकरण अन्तरगत १० करोड र सशर्त अुनदान अन्तरगत ४ करोड ३६ लाख ८८ हजार गरि १४ करोड ३६ लाख ८८ हजार,डोल्पो बुद्ध गाँउपालिका बित्तिय समिकरण अन्तरगत १० करोड र सशर्त अनुदान अन्तरगत १ करोड २१ लाख ४६ हजार गरि कुल ११ करोड २१ लाख ४६ हजार र शे–फोक्सुण्डो गाँउपालिकामा बित्तिय समिकरण अन्तरगत १० करोड र सशर्त अनुदान अन्तरगत २ करोड १५ लाख २८ हजार गरि कुल १२ करोड  १५ लाख २८ हजार बिनियोजित भएको छ । 

सरकारले प्रस्तुत गरेको बजेटमा स्थानिय तहमा रहेर काम गर्ने कर्मचारिहरुको तलब भत्ता,स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिको तलब भत्ता,बिकास,शिक्षा,स्वास्थ्य,कृषि लगायतका सबै क्षेत्रमा खर्च हुने छ । सरकारले यस भन्दा पहिले जिल्ला बिकास समिति मार्फत स्थानिय स्तरमा अर्थात गाविस र नगरपालिकामा बजेट पठाउने गरेको थियो । यस पटक सरकारले सबै बजेट सिधै स्थानिय तहमा पठाएकोले जनताले आफनो गाउपालिकामा र नगरपालिकामा आउने बजेटको जानकारि लिन पाउने छन । 

अहिले एकै पटक करोडौमा बजेट स्थानिय तहमा गएको देख्दा सबै बजेट बिकासमा खर्च हुने र जनप्रतिनिधिले अनियमितता गर्नेमा चिन्ता रहेको स्थानिय ओम रोक्का तरालिको भनाइ छ । जनताको नाममा आएको बजेट जजनताको सहमतिमा नै बिकास लगायत अन्य क्षेत्रमा खर्च हुनु पर्छ जनप्रतिनिधिले जनमूखि काम गर्नु पर्ने र जनप्रतिनिधिलाइ सचेत गराउने काम जनताको नै भएको केहि अगुवाहरुको सुझाब रहेको छ । 

 प्रस्तुत बजेटमा राष्ट्रिय राजमार्गले नँजोडिएका डोल्पा र हुम्ला जिल्लाको लागि जम्मा ३० करोड बिनियोजन गरिएको छ । हाल सम्म पनि राष्ट्रिय राजमार्गले नँजोडेको डोल्पा र हुम्लामा सरकारले प्रस्तुत गरेको बजेट प्रायप्तता नँभएको र यति सानो बजेटले एक बर्षमा डोल्पामा राष्ट्रिय राजमार्गले जोड्न नँसकिने नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य हँश बहादुर शाहीले बताउनु भयो । उक्त बजेट कुन जिल्लाले कति करोड खर्च गर्न पाउने भन्ने कुराको निक्र्यौल भएको छैन । हाल डोल्पा र हुम्लाको सडक नेपाली सेनाले निर्माण कार्य गरि रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!