डोल्पामा आगलागीबाट ४ लाख बराबरको क्षति

Posted on: 14 Mar, 2018

टेकबहादुर शाही/फागुन ३० डोल्पा | मुड्केचुला गाउपालीका वडा नं ६ मा पर्ने नर्कुको धुपियानामा लागेको आगोले साढे चार लाख बराबरको क्षेती गरेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।


 यहि सोमबार दिउसो धुपियाना नजिकैको जुँगार भन्ने बनबाट आगलागी हुदा बाग बहादुर शाही,किस्नालाल विक र तेजी ठकुल्लाको घर जलेर पुर्ण रुपले नष्ट भएको पिडीत बाग बहादुर शाहीले दुखेसो गरे । 

समयमै स्थानिय बासिन्दाहरुले आगो नियन्त्रनमा लिए पछी अन्य घरमा क्षेती हुन नपाएको स्थानीय वासिहरुले बताए । आग्लागीबाट बाग बहादुर शाहीको १ लाख ६८ हजार ५ सय, किस्नालाल बिकको १ लाख ५६ हजार र तेजी ठकुल्लाको १ लाख २९ हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले जानकारि दिए ।

आगो लागेको केहि समयमा नै नियन्त्रनमा आएको र क्षति धेरै हुन नपाएको तर आगो लगाउने व्यक्ती कोहो भन्ने अनुसन्धान कार्य भईरहेको र मानविय क्षेती नभएकोे ईलाका प्रहरी चौकी इल डोल्पाले जानकारी दिएको छ । 

आगलागीबाट घरभित्रका अन्नबाली,भाडा कुडा,लत्ताकपडा पुरै जलेर नष्ट भएको अर्का पिडित तेजी ठकुल्लाले दुख पोखे । मंगलबार ईलाका प्रहरी कार्यलय इलले घटनाको अनुसन्धान भैरहेको जनाएको छ । 

नर्कुको धुपियाना भन्ने ठाउँमा बर्षको १२ महिना मध्य  करिव ६ महिना सम्मा हिउदको समयमा बसाइ गर्ने र जडो कटाउन बर्खाको समयमा पसुवस्तु पालन पोषनको लागी बस्ने गर्दैआइरेका स्थानियहरुले बताएका छन । 

गएको पौस २९ गते मुड्केचुलाकै वडा नं.९ होर्तमा आगालगिबाटै ११ घर जलेर पूर्ण रुपमा नष्ट हुदा करोडौको क्षेति भएको थियो । सुख्खा समयमा आगलागीबाट जनधनको क्षेति हुनबाट जोगाउन जिल्ला दैबिक उद्धार कोषले जनहितमा जारी सन्देश दिए पनि त्यसको भने कार्यान्वयन स्थानीय स्तरमा भएको पाइदैन । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!