प्रहरी र बुढीगण्डकी आयोजना प्रभावितहरुबीच झडप, एक दर्जन बढी घाइते

Posted on: 01 Dec, 2016

मंसिर १६, गोरखा । बुढीगण्डकी जलबिद्धुत आयोजनाबाट प्रभावितहरुलाई उचित मुआव्जा नदिएको बिरोधको क्रममा आज प्रहरी र आयोजना प्रभावितहरुबीच झडप भएको छ ।

मुआब्जाको बिरोध गर्दै कार्यलयमा तालाबन्दि गर्न आएको समूह र प्रहरीबीच झडप हुँदा प्रहरी र स्थानीय गरी एक दर्जनभन्दा बढी घाइते भएका छन् । आक्रोशित स्थानीयहरुले आयोजनाको कार्यालयमा तोडफोड गर्नुको साथै कार्यालयको झ्याल तथा सामग्रीहरु तोडफोड गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितरबितर पार्न हवाइ फायर गरेको थियो । साथै २० सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

बुढीगण्डकी जलबिद्धुत आयोजनाबाट प्रभावित हुने गोरखा र धादिङका २७ गाविसका १ हजारभन्दा बढी स्थानीयहरुले मुआब्जाको बिरोध गर्दै कार्यालयमा तालाबन्दि गरेका थियो । तर पछी ताला खोल्ने विषयमा विवाद चर्कदै गएपछि आक्रोशित स्थानीयवासी कार्यालयको झ्याल र ढोका तोडफोड गर्दै भित्र छिरेका थिए । 

यसैबीच बुढीगण्डकी सरोकार समितिले सरकारले निर्धारण गरेको मुआब्जा बितरण बैज्ञानिक नभएको र उचित मुआब्जाको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । उनीहरुले सरकारले मुआब्जा कम दिएको भन्दै आयोजना प्रभावित स्थानीयलाई सुकुम्बासी बनाउन लागेको आरोप लगाए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!