दीपक मनाङे बने प्रदेश ४ को सांसद

Posted on: 08 Dec, 2017

मंसिर २२, मनाङ |  मनाङमा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनलाई दिपक मनाङेनामले चिनिन्छ । 

बाम गठबन्धनको साथ पाएका दिपकले १ हजार ४ सय १० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङ १ हजार सय २० मतले पराजित भएका छन् । 

दीपक मनाङे विजयी भएको औपचारिक घोषणा हुन मात्र बाँकी छ । 

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् । जिल्लाबाट एमालेले राजीवलाई सर्वसम्मत सिफारिस गरेपनि उनको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!