बुबाआमाका नाममा एक लाख अक्षयकोष

Posted on: 11 Feb, 2018

माघ २८, म्याग्दी | रघुगंगा गाउँपालिका–२ का एक व्यक्तिले आफ्ना बुबाआमाका नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । 

पखटोल निवासी लेठबहादुर खत्रीले सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा बुबा पूर्णबहादुर र आमा भीमकुमारीका स्मृतिमा रु एक लाख १११ को कोष स्थापना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि खत्री र प्रअ तोरणबहादुर खत्रीलाई हस्तान्तरण गर्नुभयो । कोषबाट प्राप्त ब्याजबाट विद्यालयमा पढ्ने जेहन्दार विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति वितरण गरिने छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!