लघु उद्यमी सङ्घमा थापा

Posted on: 15 Sep, 2016

भदौ ३०, नुवाकोट । जिल्ला लघु उद्यमी सङ्घ नुवाकोटको १२ औँ साधारणसभा तथा चौथो अधिवेशनबाट गीता थापा अध्यक्षमा चयन हुनु भएको छ । 

सदरमुकाम विदुरमा बुधबार भएको अधिवेशनले सङ्घका उपाध्यक्षमा ठाकुर भण्डारी, सचिवमा हरेराम लामिछाने, सहसचिवमा छिरिङ तामाङ, कोषाध्यक्षमा चन्द्रमान तामाङ तथा सदस्यमा रामचन्द्र न्यौपाने, देउती खड्का, सन्जु राई, सूर्य तामाङ र प्रमिला थापा चयन गरेको छ । 

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय लघु उद्यमी महासङ्घका निवर्तमान अध्यक्ष केशा परियालले जिल्लामा भएका लघु उद्यमी सङ्घले जिल्लास्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म लघु उद्यमीको संस्थागत र व्यक्तिगत विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!