नुवाकोटको जिल्ला समन्वय समितिमा कांग्रेस बिजयी

Posted on: 13 Aug, 2017

साउन २९, त्रिशूली(नुवाकोट) | जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ । 

जिसस प्रमुखमा सन्तमान तामाङ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र) गठबन्धनका रामहरि घिमिरेले १० मत ल्याउनु भएको थियो । 

उपप्रमुखमा अप्सरा थापा १४ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी विष्णुबहादुर बोगटीले १० मत ल्याउनुभएको छ । समितिका सदस्यमा गणेश शाही, अभिनव फुयाँल, माया शेर्पिनी, सम्झना सेढाईँ, धनमाया तामाङ, रामसिंह तामाङ र सुविना प्रधान विजयी हुनुभएको छ । विजयीलाई मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले आजै प्रमाणपत्र प्रदान गर्नुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!