नुवाकोटमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु

Posted on: 12 Apr, 2019

 चैत २९, नुवाकोट । टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटको बट्टारमा एकजनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान काठमाण्डौ–त्रिशूली सडक खण्ड अन्र्तगत बट्टारमा बा ५ ख २८९८ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारका २५ वर्षीय दीवाकर खनालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार खनालका साथी २४ वर्षिय मुन्ना गुप्ता घाइते भएका छन् । आक्रोशित स्थानीयले दुर्घटनापछि  टिप्परमा आगजनी गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!