सुन भनेर फलाम बिक्री गर्ने नुवाकोटका युवकसहित ४ जना काठमाडौंबाट पक्राउ

Posted on: 16 Apr, 2019

वैशाख ३, काठमाडौं । काठमाडौंको सुन्धाराबाट सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षका पूर्णबहादुर तामाङ, काभ्रेको चौंरी देउराली गाउँपालिका ३ का २६ वर्षका चन्द्रबहादुर श्रेष्ठ, वर्ष २१ का प्रवीन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुले सामाखुशी रानीबारीका राजेश विकलाई सस्तो सुन भनेर सुनको गहना राख्ने प्याकेटमा पहेँलो कपडाले बेरिएको वस्तु बिक्री गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।  त्यसबापत उनीहरुले १९ लाख रुपैयाँ लिएका थिए । राजेशले घर पुगेर हेर्दा सुन नभई ४ वटा फलामको टुक्रा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उक्त ठगी घटनामा संलग्नलाई बा २ ज १८४१ नम्बरको ट्याक्सीसहित पक्राउ गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!