हुण्डीको ५४ लाख ९६ हजार रुपैया सहित ५ जना पक्राउ

Posted on: 03 Sep, 2018

भदौ १८, पर्सा | जिल्ला प्रहरी पर्साले पाँच जना हुण्डी कारोबारी सहित ५४ लाख ९६ हजार रुपैया नियन्त्रणमा लिएको छ । 

जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं.८ माईस्थान स्थित सुमित्रा देवी गुप्ता र सोहि जिल्लाको पर्सा, बिन्दावासनी ५ प्रसौनीभाट्टा घर भएका पवन कुमार गुप्ता र  सोहि जिल्लाको बीरगंज महानगर पालिका १० घडिअर्वापोखरी बस्ने सोनालाल गुप्ताको घरमा जिल्ला.बारा,सिम्रौनगढ न.पा.वडा नं.१ खजानी घर भएका अजय कुमार जैसवालले कोठा भाडामा लिई अबैध रुपमा वित्तिय कारोवार संचालन गरिरहेको लाई नियन्त्रणमा लिएको छ । 


पक्राउ परेकाकाहरुमा पर्सा जिल्ला, बिन्दावासनी गाउपालिका ५ प्रसौनीभाट्टा बस्ने पवन कुमार गुप्ता, सोहो जिल्लाको बिरगंज महानगरपालिका ६ जेल रोड बस्ने अजय मानन्धर, पुर्बी चम्पारण जिल्ला मोतिहारी पंचायत  चम्पापुर थाना रामगढवा मानाना बस्ने साविर मियाँ, जिल्ला मोतिहारी रक्सौल न.पा.वडा नं. ३ थाना रक्सौल बस्ने अशोक श्रीबास्तव,जिल्ला बारा सिम्रौनगढ न.पा.वडा नं.१ खजानी बस्ने अजय कुमार जैसवाल लाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, पुल्चोक ललितपुर पठाउने कार्य भइरहेको प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले बताउनु भयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!