पर्सामा बसको ठक्करबाट ३ वर्षीय बालिकाको मृत्यु

Posted on: 08 Sep, 2018

भदौ २३, पर्सा | पर्साको धोबनी गाउँपालिकामा आज यात्रुबाहक बसले ठक्कर दिँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ । 

पर्साको ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको ना७ख ७७१९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा गाउँपालिका–२ निवासी रामेश साहकी छोरी प्रिती साहको मृत्यु भएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!