प्यूठानमा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

Posted on: 18 Jul, 2017

साउन ३, प्यूठान । प्यूठानमा सिंचाई गर्न बनाइएको पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ ।

माण्डवी गाउँपालिका ५ साविकको रम्दी गाविस काली खोलामा सिंचाइ गर्न बनाइएको पानी ट्यांकीमा डुवेर एक बालक र एक बालिकाको ज्यान गएको हो ।  

हुकुम बहादुर थापाको ५ बर्षिय छोरी पवित्रा थापा र पुनाराम थापाको ४ बर्षिय छोरा प्रसान्त थापाको दिउसो खेल्ने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!