एमालेबाट निर्वाचित वडाध्यक्ष बिष्टको निधन

Posted on: 08 Dec, 2018

मङ्सिर २२, बुटवल | प्युठान नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष खिमबहादुर बिष्टको शुक्रबार निधन भएको छ ।

एक बर्षअघि देखि फोक्सोको क्यान्सर रोगले पीडित वडाध्यक्ष विष्टको ५८ बर्षको उमेरमा उपचारका लागि चितवन लैजादै गर्दा बाटोमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । 

बिष्ट तत्कालिन एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!